साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध घरेलु टोली नेपालले पहिलो हाफमा नै फराकिलो अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले ४–० को अग्रता बनाएको छ।
पहिलो हाफको छैटौँ मिनेटमा सविता रानाको कर्नरमा प्रिती राईको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। त्यसअघि चौथो मिनेटमा विमला चौधरीको कर्नरमा रेखा पौडेलको हेडर बाहिरियो।
नवौँ मिनेटमा अमृता जैसीको फ्रिकीक प्रहार पहिलो बारमा लाग्दै बाहिरियो।
११ औँ मिनेटमा विमला चौधरीको लामो प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने मौका गुमायो।
२५ औँ मिनेटमा रेखा पौडेको पासमा रश्मी कुमारी घिसिङको हेडर प्रहार मालदिभ्सकी गोलरक्षक अमिना हिजालाई लाग्दै फर्कियो।
२८ औँ मिनेटमा विमला चौधरीको प्रहार क्रसबारको माथिबाट आकाशियो। खेलको २९ औँ मिनेटमा सविता रानामगरको गोलमा नेपालले अग्रता दोब्बर पार्यो।
खेलको ३२ औँ मिनेटमा रश्मी कुमारी घिसिङको क्रसमा रेखा पौडेलले गोल गरिन्। उनै पौडेलले खेलको ४२ औँ मिनेटमा चौथो गोल गर्दै नेपालले ४–० को अग्रता बनायो।
Shares

प्रतिक्रिया