नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको दाबी गरेका छन्।
काठमाडौँको नक्सालमा सोमबार एनपीएलबारे गरिएको पत्रकार सम्मेलनमा क्यान सचिव खड्काले एनपीएलमा सहभागी आठवटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घन्टा निगरानी राख्ने जानकारी पनि दिए।
क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर समेत निगरानीमा राख्ने उनको भनाइ छ।
एन्टी करप्सन युनिटलाई सशक्त बनाउन आफूहरूको प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे।
51
Shares

प्रतिक्रिया