काठमान्डु गुर्खाजविरुद्धको खेलमा ५ विकेट लिएका सुदूरपश्चिम रोयल्सका नरेन साउदले आफूलाई पहिल्यै खेल जिताउनेमा विश्वास रहेको बताएका छन्।
खेलपछि पत्रकारसँग कुरा गर्दै नरेनले यु–१९ एसिया कपबाट फर्किएको दिन नै पहिलो खेलमा जिताएर म्यान अफ दि म्याच पाउने विश्वास पनि उनले व्यक्त गरे।
यु–१९ एसिया कप खेलेर नरेनसहितको टोली बुधबार मात्रै नेपाल फर्किएको थियो। उनी भोलिपल्टै सुदूरपश्चिमको टोलीबाट मैदान प्रवेश गर्न पुगे।
प्रशिक्षक जगत टमटा र कप्तान दीपेन्द्रसिंह ऐरीले लाइन एन्ड लेन्थमा बलिङ फाले खेल जिताउँछौ भनेर प्रेरणा दिएको उनले सुनाए।
प्रशिक्षक र कप्तानको भरोसाअनुरूप विकेट पनि प्राप्त भएको भन्दै उनले खुसी व्यक्त गरे।
नरेनले यु–१९ एसिया कपबाट खेलेर आउँदा एनपीएलमा मद्दत पनि मिलेको अनुभव पनि सुनाए। इरासमसको छक्कापछि उनलाई आउट गर्दा धेरै नै खुसी मिलेको उनको भनाइ थियो।
सुदूरपश्चिमसँग हार्यो काठमान्डु, ९४ रनमै अलआउट
Shares

प्रतिक्रिया