खेल


मिडफिल्डर सन्तोष खत्री ललितपुर सिटी एफसीमा

मिडफिल्डर सन्तोष खत्री ललितपुर सिटी एफसीमा

नेपालखबर
फागुन १०, २०८१ शनिबार १४:३१, काठमाडौँ

मिडफिल्डर सन्तोष खत्री गोलाप्रथाबाट ललितपुर सिटी एफसी पुगेका छन्। 

सन्तोषलाई ललितपुर, पोखरा र झापाले ४ लाख रुपैयाँमा बोली लगाएका थिए।

क्याटोगोरी एका सन्तोषलाई लिन तीन टोलीले चासो देखाएका थिए। 

मिडफिल्डर सुमित श्रेष्ठ गोलाप्रथाबाट एफसी चितवन पुगेका छन्। उनी सर्वाधिक ४ लाख रुपैयाँमा चितवन पुगेका हुन्।

क्याटोगोरी ए का सुमितलाई लिन पाँच टोलीले चासो देखाए। उनलाई काठमाडौँ र धनगढी बाहेकका टोलीले बोली लगाएका थिए। 

क्याटोगोरी बी का मिडफिल्डर आशिष राई अनसोल्ड भए। 

डिफेन्डर दीपेन्द्र विक २ लाख रुपैयाँमा विक्री भएका छन्। क्याटोगोरी बी का दिपेन्द्रलाई लिन ३ टोलीले चासो देखाएका थिए। उनी गोलाप्रथाबाट झापा एफसीमा पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad