खेल


बहराइनविरुद्ध टस हारेपछि पहिले फिल्डिङमा नेपाल

बहराइनविरुद्ध टस हारेपछि पहिले फिल्डिङमा नेपाल

नेपालखबर
जेठ १, २०८२ बिहिबार १२:१६, काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। 

पहिलो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो। 

सुपर थ्रीमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ। आजको खेलमा हार भोगे नेपाल समूह चरणबाटै बाहिरिनेछ। 

नेपालले आज बहराइनलाई हराएर मात्र पुग्दैन। अर्को खेलमा हङकङ बहराइनसँग पराजित हुनु पर्नेछ। सो खेलमा हङकङले जित निकालेको अवस्थामा नेपालले आज जित निकाले पनि समूह चरणबाटै बाहिरिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad