खेल


आईसीसी विश्वकप लिग-२ : जितका लागि नेपाललाई स्कटल्यान्डले दियो २९७ रनको लक्ष्य

आईसीसी विश्वकप लिग-२ : जितका लागि नेपाललाई स्कटल्यान्डले दियो २९७ रनको लक्ष्य

नेपालखबर
जेठ १९, २०८२ सोमबार १९:३४, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ मा नेपालले जितका लागि स्कटल्यान्डबाट २ सय ९७ रनको लक्ष्य पाएको छ। 

स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९६ रनको योगफल तयार पारेको हो। 

स्कटल्यान्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रनको योगदान दिए। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दा करण केसीको बलमा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट भए। 

फिन्ले एमसी क्रेथले ६७ बलमा ३ चौका र १ छक्का सहयोगमा ५५ रन बनाए। म्याथु क्रसले ३९ रन थपे। कप्तान रिची वेरिङटोनले ४० र माइकल लिस्कले १८ रन थपे।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछानेले एक विकेट झारे। नेपालका लागि रिजन ढकाल सर्वाधिक महंगा सावित भए। उनले आफ्नो स्पेलमा २ विकेट लिएर ७८ रन खर्चे। 

करण केसी सबैभन्दा किफयती बने। उनले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए। नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad