पूर्वमन्त्री तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार स्वास्थ्यसम्बन्धी काम गर्ने संस्था पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिसँग भेटघाट गरेका छन्।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ)द्वारा संयुक्तरुपमा रुपमा सुरु गरिएको परियोजनाको प्रगतिबारे छलफल गर्न अध्यक्ष श्रेष्ठले पाथकी प्रतिनिधि सन्जु गैतम र हेल्थ कन्सर्नका कृष्णप्रसाद ढकालसँग भेटवार्ता गरेका हुन्।
सो बैठकमा एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य र महासचिव राजीव श्रेष्ठको पनि उपस्थिति रहेको थियो।
खेलकुद र स्वास्थ्य परियोजनाको समन्वयका लागि एनओसीसँगको सहकार्यमा पाथलाई जिम्मेवारी दिइएको हो। हेल्थ कन्सर्नले यससम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन गरिरहेको छ।
हेल्थ कन्सर्न बोलकबोल प्रक्रियामार्फत् यो परियोजनामा काम गर्न चयन भएको थियो। यो परियोजनालाई आईओसी र डब्ल्यूएनओको आर्थिक सहयोग रहेको छ।
आईओसी र डब्ल्यूएचओले पहिलो चरणमा नेपाललागतय भियतनाम, पेरु, तान्जानिया र घाना गरी पाँच देशलाई यो परियोजना प्रदान गरेको छ। नेपालमा बागमती प्रदेशको खेलकुद तथा स्वास्थ्य मन्त्रालयले चार जिल्ला चितवन, ललितपुर, मकवानुर र नुवकोटलाई यो परियोजनाका लागि चयन गरेको छ। यस परियोजनाको प्राथमिक उद्देश्य खेलकुदमार्फत् स्वास्थ्य प्रवर्धन गर्नु रहेको छ।
दोस्रो चरणमा नेपाल र भियतनामलाई मात्र छनोट गरिएको छ। यस परियोजनाअन्तर्गत भएका कामको अनुगमन र मूल्याङ्कन गर्न डिसेम्बरको दोस्रो साता आईओसीको परिवेक्षक टोलीले नेपालको भ्रमण गर्ने जनाइएको छ।
Shares

प्रतिक्रिया