खेल


एनपीएलको पहिलो ट्रफी टुर विराटनगरबाट सुरु हुँदै, सातै प्रदेश घुमाइने

एनपीएलको पहिलो ट्रफी टुर विराटनगरबाट सुरु हुँदै, सातै प्रदेश घुमाइने

नेपालखबर
भदौ २१, २०८२ शनिबार १२:५८, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोसी प्रदेशको विराटनगर किङ्सबाट सुरु हुने भएको छ।

पहिलोपल्ट ट्रफी टुर गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले सुरुमा कोसीका विभिन्न स्थानमा लैजानेछ।

क्यानका अनुसार, फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरमा ट्रफी टुर गर्न लागिएको हो।

क्यानले शुक्रबार साँझ एक कार्यक्रमका बीच पहिलोपल्ट एनपीएलको ट्रफी टुर गर्न लागिएको जानकारी दिएको थियो।

दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ। त्यसअघि विभिन्न स्थानमा ट्रफी टुर गर्दै फ्रेन्चाइज टोलीसँग समर्थकलाई जोड्ने काम गर्न लागिएको हो। टुर आगामी कात्तिक २३ गतेसम्म हुने क्यानले जनाएको छ।

क्यानका सचिव तथा एनपपीएल गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुग्ने बताए।

कोसीपछि ट्रफी टुर जनकपुर बोल्ट्सको प्रदेश मधेसमा पुग्नेछ। जनकपुर पहिलो संस्करणको विजेता पनि हो। त्यहाँबाट उक्त ट्रफी चितवन पुग्नेछ। चितवन राइनोजको सहर परिक्रमपछि ट्रफी काठमाडौँ आइपुग्ने कार्यक्रम छ।

काठमाडौं गोर्खाजले विभिन्न ऐतिहासिक स्थलमा ट्रफी टुर गराउनेछ। त्यसपछि पोखरा र लुम्बिनी कर्णालीमा उक्त ट्रफी टुर विभिन्न कार्यक्रमसहित मनाइनेछ। अन्तिममा उक्त ट्रफी रोयल्सको प्रदेश सुदूरपश्चिम पुग्नेछ। 

क्यानले ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग एनपीएलको ट्रफीलाई जोडेको छ। उक्त ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको छ। शुक्रवार भएको कार्यक्रमा कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्मा ग्याल्जे शेर्पा र मिङ्मा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरेका थिए। क्यान सचिव खड्काले ट्रफी कुनकुन ठाउँमा लैजाने भन्ने फ्रेन्चाइज टोलीले नै तय गर्ने जानकारी दिए। दोस्रो संस्करणको एनपीएलका लागि मिनी अक्सन पनि भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad