युरोकप फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित निकालेको छ।
समूह ‘एफ’को दोस्रो चरणको दोस्रो खेलमा २ आत्मघाती गोलको मद्दतमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पाखा लगाएको हो।
खेलको १५औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले अग्रता लिएको थियो।
तर लगातारको दुई आत्मघाती गोलले पहिलो हाफमा नै २–१ ले पछि परेको पोर्चुगलले १ गोल फर्काए पनि जितको लागि पर्याप्त भएन।
पोर्चुगलका डिएगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका रोनाल्डोलाई दिएको पासमा उनले खाली पोस्टमा गोल गरेका थिए।
खेलको ३५औँ मिनेटमा जर्मनीले खेललाई बराबरीमा ल्यायो। ३५औँ मिनेटमा रोबिन डियासको आत्मघाती गोलमा जर्मनीले बराबरी गरेको थियो।
त्यसको ४ मिनेटमा नै पोर्चगलका राफेल गुरेरोले क्लियर गर्न लागेको बल आफ्नै पोष्टमा छिरेपछि जर्मनी अग्रता दोब्बर पार्यो।
पहिलो हाफमा २–१ ले अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा २ गोल थप्यो। पोर्चुगलले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।
खेलको ५१औँ मिनेटमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३–१ को स्थितिमा ल्याए।
६०औँ मिनेटमा रोविन जोसेन्सले गोल गर्दै अन्तर फराकिलो पारे। तर ६७ औैँ मिनेटमा डिएगो जोटाले पोर्चुगलका लागि गोल गर्दै खेलमा फर्किने संकेत गरे।
खेलमा त्यसपछि थप गोल हुन सकेन र पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित हुन पुग्यो।
जितसँगै जर्मनीले तालिकामा ३ अंक जोड्दै समूह ‘एफ’को दोस्रो स्थानमा उक्लेको छ।
पराजित पोर्चुगल ३ अंकमा तेस्रो स्थानमा छ।
४ अंक भएको फ्रान्स ४ अंकमा तालिकाको शीर्ष स्थानमा हुँदा १ अंक भएको हंगेरी पुछारमा छ।
यसअघि भएको यसै समूहको दोस्रो चरणको पहिलो खेलमा फ्रान्स र हंगेरीले १–१ गोलको बराबरी गर्दै अंक बाँडे।
प्रतिक्रिया