खेल


युरोकप अन्तिम १६ : यी दुई भीडन्तमा हुनेछ सबैको नजर

युरोकप अन्तिम १६ : यी दुई भीडन्तमा हुनेछ सबैको नजर

नेपालखबर
असार १०, २०७८ बिहिबार १२:१४,

नकआउट चरणमा पुग्ने १६ टोलीको टुंग्गो लागेसँगै युरोकपका पहिलो चरणका खेलहरु बुधबारबाट सकिएका छन्।

केही दिनको आरामपछि शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुनेछन।

समूह विजेताका रुपमा इटाली, बेल्जियम, नेदरल्याण्ड, इंग्ल्यान्ड, स्विडेन र फ्रान्स तथा समूह उपविजेताका रुपमा वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनीले दोस्रो चरणमा पुगेका छन्।

यस्तै उत्कृष्ट तेस्रो टोलीका रुपमा स्विट्जरल्यान्ड, चेक रिपलब्लिक, युक्रेन र पोर्चुगल अन्तिम १६ मा छन्।

शनिबारबाट अन्तिम १६ का खेलहरु सुरु हुँदै छन्। पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन्। त्यसको तीन घण्टापछि इटाली र अष्ट्रिया भिड्नेछन्।

जुन २७ मा नेदरल्यान्ड्सले चेक रिपब्लिक र बेल्जियमको भेट पोर्चुगलसँग हुँदै छ।

सोमबार क्रोएसिया र स्पेन तथा फ्रान्स र स्विट्जरल्याण्ड आमनेसामने हुँदा त्यसको एक दिनपछि बहुप्रतीक्षित इंग्ल्यान्ड र जर्मनी र स्विडेन र युक्रेनबीचको खेल हुनेछ।

ronaluka2

जुन खेलमा सबैको नजर हुनेछ
युरोपका १६ उत्कृष्ट खेलाडीहरुबीचको भीडन्त हेर्न पक्कै पनि ठूलो संख्यामा दर्शकको चाप हुनेछ।

साविक विजेता पोर्चुगलले बुधबार राति विश्वविजेता फ्रान्सलाई २–२ को बराबरीमा रोक्दै नकआउट चरणमा प्रवेश गर्यो। अब अन्तिम १६ मा उसले विश्वको नम्बर १ टोली बेल्जिमयको सामना गर्दा सबैको ध्यान उक्त खेलमा हुनेछ।

belgiumvspor2021a

दुवै टोलीले उत्कृष्ट खेल पस्किँदै आएका छन्। यी दुई देशबीच हालसम्म भएका १८ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलले ६ खेल जितेको छ।

७ खेल बराबरीमा टुंगिँदा ५ खेलमा बेल्जियमको पक्षमा छ।
यस खेलको विजेताले क्वार्टरफाइनलमा इटाली वा अष्ट्रियाको सामना गर्नेछ।

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो यसै खेलमार्फत विश्वको सर्वाधिक गोलस्कोरर बन्न सक्छन्।

उनले बुधबार १०९ गोल गर्दै यसअघि सर्वाधिक गोल गरेका इरानका अली दाईसँग बराबरी गरेका थिए। बेल्जियमसँगको एक गोलले मात्रै उनको नाममा विश्व कीर्तिमान जोडिनेछ।

germany2021abc

अन्तिम १६ मै इंग्ल्यान्ड आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीमध्येको एक जर्मनीसँग भिड्नेछ।

उपाधिका हिसाबले जर्मनी अगाडि छ। चार विश्वकप र तीन युरोपियन च्याम्पियनसिपको उपाधि जितिसकेको छ। इंग्ल्यान्डले भने एकमात्रै विश्वकप जितेको छ। तर कागजी रुपमा भने यी दुई टोली कोहीभन्दा कोही कम छैनन्।

इंग्ल्याण्ड र जर्मनी अहिलेसम्म ३३ चोटि आमेसामने भएका छन्। जसमा इंग्ल्यान्डले १३ खेल जित्दा १५ खेल हारेको छ। चार खेल भने बराबरीमा टुंगिएका छन्।

दुई जित र एक खेलमा बराबरी खेल्दै समूह विजेता बनेर इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो। यता जर्मनीले एक खेलमा बराबरी, एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो।

यी दुईबीचको विजेताले स्विडेन र यूक्रेनबीचको विजेतासँग क्वार्टरफाइनलमा खेल्नेछ।

england2021abc

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .