ad ad

खेल


विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा

विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०८० शनिबार ५:५९, मोरङ

विराटनगरको सहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा न्युरोड टिम (एनआरटी)  प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

शनिबार साँझ भएको रात्रिकालीन गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई दुई–शून्य गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ।

जितका लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६औँ मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए। 

आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो । पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५औँ मिनेटमा आफिजले गोल गरी टिमको जित सुनिश्चत गरे। 

डिबक्सभित्र वैकल्पिक खेलाडी सुदीप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पञ्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो।

खेलको म्यान अफ द म्याच एनआरटीका आफिज ओलावा घोषित भए। उनले नगद रु ११ हजार पाए । शनिबार पहिलो क्वाटरफाइनल खेल घरेलु टिम सङ्ग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ।

यही चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए। 

गोल्डकपको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पाउनेछन्। उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही रु २१ हजार पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार  दिने गोल्डकपका अध्यक्ष शाहीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .