विश्वकप फुटवल-२०२६ अन्तर्गत हाल जारी खेलमा अल्जेरियाले पनि जोर्डनलाई एक गोल फर्काएको छ।
खेलको ६९ औँ मिनेटमा अल्जेरियाले बराबरी गोल फर्काएको हो। अहमद नादिरले हेडमार्फत् जोर्डनविरुद्ध गोल गरेका हुन्। यससँगै खेल १–१ को बराबरीमा चलिरहेको छ।
खेलको पहिलो हाफमा जोर्डनले अस्ट्रियाविरुद्ध १-० गोलको अग्रता बनाएको थियो।
जोर्डनका लागि ३६ औँ मिनेटमा नाजिर अल रसदानले पहिलो गोल गरेका हुन्।
सान फ्रान्सिस्कोस्थित क्यालिफोर्नियाको सान्ता क्लारामा समूह ‘जे’को खेल भएको हो।
यसअघिको पहिलो खेलमा जोर्डन अस्ट्रियासँग ३–१ ले पराजित बनेको थियो।
गएराति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ।
15
Shares

प्रतिक्रिया