खेल


खेल तालिकामा असन्तुष्टि जनाउँदै अर्जेन्टिना र अष्ट्रेलियाले गरे फिफाको विरोध

खेल तालिकामा असन्तुष्टि जनाउँदै अर्जेन्टिना र अष्ट्रेलियाले गरे फिफाको विरोध

नेपालखबर
मंसिर १५ , काठमाडौँ

अष्ट्रेलिया र अर्जेन्टिनाले आफूहरुको अन्तिम १६ को खेल तालिकाको विषयमा असन्तुष्टि जनाउँदै फिफाको विरोध गरेका छन्।

उनीहरुले आफूहरुको समूह चरणको अन्तिम खेल र अन्तिम १६ को खेलबीच केवल ३ दिनको अन्तर राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन्।

उनीहरुले फिफाको समय तालिकाले खेलाडीलाई ‘रोबोट’जस्तै सम्झेको उल्लेख गरेका छन्। बुधबार अष्ट्रेलियाले डेनमार्कलाई हराउँदै अन्तिम १६ मा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो। यससँगै अब अष्ट्रेलियाले लियोनेल मेस्सीको अर्जेन्टिनासँग शनिबार मध्यराति प्रतिस्पर्धा गर्नेछ। 

अर्जेन्टिनाको लागि समूहको अन्तिम खेल र अन्तिम १६ को खेलबीचको समय अष्ट्रेलियाले पाएको भन्दा पनि कम छ। अष्ट्रेलिया र डेनमार्कको खेलभन्दा चार घण्टापछि सुरु भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई हराएको थियो। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले फिफाको समय तालिकाको आलोचना गरेका छन्। 

यसअघि रुसमा भएको विश्वकपमा समूह चरणको अन्तिम  खेल र अन्तिम १६ को खेलको समय कम्तीमा ४ दिन रहने गरी व्यवस्था मिलाइएको थियो। 

कतारमा अर्जेन्टिना र अष्ट्रेलियाले चार दिनको फरकमा समूह चरणका तीन खेल खेलेका थिए। यद्यपि उनीहरुको अन्तिम १६ को खेल भने अझै छाटो समयको आराममा हुन लागेको हो। 

यसपटकको विश्वकप प्रतियोगिता समग्रमा २९ दिनको हुनेछ। यसअघिको र ब्राजिलमा भएको विश्वकपको तुलनामा यो विश्वकप तीन दिन छोटो हुन लागेको हो।  

यसपटकको विश्वकप प्रमुख लिगहरुको बीचमा हुन लागेको कारण विश्वकपको समयमा छोट्याउनुपर्ने बाध्यता बनेको हो।

त्यसैले फिफाले विश्वकपको समय ३२ दिनबाट घटाएर २९ दिनमा झारेको हो। यसअघि सधैं गर्मीयाममा हुने गरेको विश्वकप कतारको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै जाडोयाममम आयोजना भइरहेको हो।

त्यसैले यसपटकको विश्वकपको समयावधि पनि घटाइएको हो। 

मंसिर १५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.