कतार विश्वकपमा सबैभन्दा कान्छा खेलाडीको कप्तानीमा रहेको अमेरिकी राष्ट्र कतार विश्वकपको नकआउट चरणमा पुगिसकेको छ।
अमेरिकाले अन्तिम १६ मा स्थान बनाउँदा कप्तान टेलर आडम्सको प्रर्दशन सम्झन लायक रह्यो।
विश्वकप अन्तर्गत समूह चरणका अन्तिम खेल चलिरहँदा सहभागी ३२ टोलीमध्ये २३ वर्षीय आडम्स सबैभन्दा कान्छा कप्तान हुन्। यसअघि सन् २०१८ मा इङल्याण्डका फरवर्ड ह्यारी केनले टोलीको कप्तानी गरेका थिए। त्यतिबेला केनको उमेर मात्र २४ वर्षको थियो।
अमेरिकाका प्रशिक्षक ग्रेग बर्हल्टरले सन् २०१४ पछि पहिलोपटक विश्वकपको खेल हुनुअघि एडम्स अमेरिकी टोलीको कप्तान रहने घोषणा गरेका थिए। उनले भनेका थिए, ‘उनी आफ्नो काम र वचनबाट अगाडि बढ्छन्।’
आडम्सको कप्तानीमा अमेरिकाले खेलेको ९ खेलमध्ये सातमा जित, एक खेलमा हार र एक खेलमा बराबरीको नतिजा आएको छ। आडम्सले सन् २०१८ मा टोलीको कप्तानी सम्हालेका थिए।
प्रशिक्षक ग्रेग बर्हल्टरले अमेरिकी टोलीको कप्तान चक्रीयरुपमा तीन खेलाडीलाई दिँदै आएका छन्। जसमा एडम्सका साथै क्रिस्टियान पुलिसिक र वाकर जिम्मरम्यानले पनि कप्तानीको जिम्मेवारी पाउँदै आएका छन्।
क्रिस्टियन पोलिसिकले ११ पटक टोलीको नेतृत्व गर्दा सात खेलमा जित निकाल्दा एक खेलमा हार र तीन खेल बराबरी भएको थियो। जिम्मरम्यानले सात पटक टोलीको कप्तानी गरेका छन्।
एडम्सले विश्वकप छनोटको १४ खेलमा टोलीको कप्तानी गरेका छन्। जबकी पोलिसिकले चार र जिम्मरम्यानले तीनपटक विश्वकप छनोट खेलमा कप्तानी गरेका छन्।
यसअघि सन् १९५० मा अमेरिकाको राष्ट्रिय टोलीको कप्तान फरक फरक खेलाडीका गरेका थिए। सो क्रममा वाल्टर वारले २३ वर्ष ३ महिना २ दिनमा अमेरिकाको कप्तानी सम्हालेका थिए। आडम्स्ले भने २३ वर्ष ९ महिना ८ दिनमा टोलीको कप्तानी सम्हालेका थिए।
माइक विन्डिसम्यानले २४ वर्षमा १९९० मा तथा १९९४ मा टोनी मेओलाले २५ वर्षमा अमेरिकी टोलीको कप्तानी सम्हालेका थिए। १९९८ मा थोमस डोलेले ३७ वर्षमा तथा क्लाउडियो रेनाले २८ को उमेरमा सन् २००२ र २००६ मा टोलीको कप्तानी गरेका थिए। ३१ वर्षीय कार्लोस बोकानेग्राले सन् २०१० मा तथा क्लिन्ट डेम्पेलेले २०१४ को विश्वकपमा टोलीको कप्तानी गरेका थिए।
प्रतिक्रिया