विश्वकप फुटबलमा चर्चित स्ट्राइकर ग्यारेथ बेलको टोली वेल्स र अमेरिकाबीचको खेल सुरु भएको छ।
कतारको अहमद अलि स्टेडियममा समूह बी को दोस्रो खेल सुरु भएको हो।
अमेरिकासँगको खेलसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा फर्किएको छ। यसअघि समूह बी को पहिलो खेलमा इङ्ल्याण्डले इरानलाई फराकिलो अन्तरले पराजित गरेको छ।
विश्वकपमा दोस्रो पटक सहभागिता जनाएको वेल्स कप्तान ग्यारेथ वेलको कप्तानीमा मैदान उत्रिएको हो।
सन् १९५८ मा पहिलो पटक विश्वकप खेलेको वेल्सले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। वेल्सले त्यसयता विश्वकप खेलेको छैन।
अमेरिकाले वेल्ससँग खेल्दै ११ औँ पटक विश्वकपको यात्रा सुरु गरेको छ। अमेरिकाले सन् २०१४ पछि विश्वकप खेल्न लागेको हो।
विश्वकपमा अमेरिका सन् १९३० मा सेमिफाइनलसम्म पुगेको थियो।
प्रतिक्रिया