ad ad

खेल


समूह सी का बलिया टोली मेक्सीको र पोल्याण्डको खेल सुरु

समूह सी का बलिया टोली मेक्सीको र पोल्याण्डको खेल सुरु

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २१:४२, काठमाडौँ

विश्वकप फुटबल अन्तर्गत समुह सी का पोल्याण्ड र मेक्सीकोबीचको खेल सुरु भएको छ। दोहास्थित स्टेडियम ९७४ मा सुरु खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन्। 

पोल्याण्ड गत विश्वकपमा समूहचरणबाटै घर फर्किएको थियो। यद्यपि मेक्सिको भने पछिल्ला आठ विश्वकपमा लगातार समूह चरण पार गर्दै आएको छ। तर उसको इतिहास भने सुखद छैन। 

विश्वकपको पहिलो संस्करण १९३० मा सहभागिता जनाएको मेक्सिकोले पहिलो चरणसम्मको यात्रा तय गरेको थियो। त्यसपछिका दुई संस्करण सहभागी नभएको मेक्सिको त्यसपछिका ५ संस्करणमा पहिलो चरणसम्म पुगेको थियो। टोलीमा नेपोलीका फरवार्ड हिरभिंग लोजानो र अयाक्सका एडसन अल्भारेज र जर्ज सान्चेज समावेश छन्। 

विश्वकपको इतिहासमा पोल्याण्डले ८ पटक सहभागिता जनाएको छ। विश्वकपमा पोल्याण्डको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको सन् १९८२ मा सेमिफाइनलमा पुगेको थियो। 

विश्वकपको सुरुवाती दुई संस्करण नखेलेको पोल्याण्डले १९३८ मा सहभागिता जनाएको थियो। त्यसपछिका ६ संस्करणमा सहभागी नभएको पोल्याण्ड त्यसपछिका ४ संस्करण लगातार खेलेको थियो। सन् १९९० देखि ९८ सम्मका तीन संस्करण नखेलेको पोल्याण्डले २००२ र २००६ मा सहभागिता जनाएको थियो। 

त्यसपछिका २ संस्करण सहभागी नभएको पोल्याण्ड सन् २०१८ मा पहिलो चरणसम्मको यात्रा तय गरेको थियो।  पोल्याण्ड यो पटकको विश्वकपमा डार्क हर्स टोलीको रुपमा निस्कने आशा गरिएको छ।

पोल्याण्डको मुख्य हतियार भनेको कप्तान रोबर्ट लेवान्डोस्की हुन्। लेवान्डोस्कीका लागि नेपोलीका मिडफिल्डर पिओटर जिईलिन्स्की र युभेन्ट्सका फरवार्ड अर्काडियस मिलिकको साथ महत्वपूर्ण हुनेछ।

अहिलेसम्म पोल्याण्ड र मेक्सिको आठ पटक आमनेसामने भएका छन्। जसमध्ये दुवै टोलीले समान ३ खेलमा जित हात पारेका छन्। दुई खेलमा भने बराबरीको नतिजा निस्केको छ। 

पोल्याण्ड र मेक्सिको सन् १९७८ को विश्वकपमा पहिलोपटक आमनेसामने भएका थिए। सो खेल पोल्याण्डले ३–१ गोल अन्तरले जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .