ad ad

खेल


अर्जेन्टिनाका प्रशिक्षक भन्छन्– अब हार बिर्सेर अघि बढ्नुपर्छ

अर्जेन्टिनाका प्रशिक्षक भन्छन्– अब हार बिर्सेर अघि बढ्नुपर्छ

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ८:०, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको खेलमा मंगलबार साउदी अरेबियासँग पराजित भएको छ।

हारपछि प्रतिक्रिया दिँदै अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले अब हारलाई बिर्सेर अघि बढ्नुपर्ने बताएका छन्। उनले मंगलबारको दिन आफूहरुको लागि खराब दिन भएको भन्दै अब मेक्सिकोसँगको खेलको बारेमा सोच्नुपर्ने बताएका छन्। 

उनले भने, ‘अब हार बिसेर अघि बढ्नुको विकल्प छैन। हामी यसको बारेमा धेरै छलफल गरेर बस्न सक्दैनौं। आजको दिन खराब थियो तर हामीले शिर उठाएर अघि बढ्नु जरुरी छ।’ 

स्कालोनीले मंगलबार भएका अफसाइटप्रति पनि गुनासो गरे। उनले भने, ‘हामीलाई साउदी अरेबियाले कसरी खेलिरहेको छ भन्ने थाहा थियो। हामीहरु उनीहरु विशिष्ट रक्षात्मक शैलीका साथ मैदानमा उत्रिन्छन् भन्ने कुराको लागि तयार थियौं। अफसाइटहरु केही मिलिमिटरमा मात्र थिए।’ 

स्कालोनी ५ मिनेटभित्र दुई गोल खाएपछि शारीरिक हिसाबमा कुनै समस्या नभए पनि मानसिक हिसाबमा खेलाडी अलमलमा परेको स्वीकार गरे।

उनले पहिलो हाफमा खेल आफूहरुको पकडमा भए पनि जित्नका लागि गोल महत्वपूर्ण हुने भएकाले आगामी दिनमा खेललाई राम्रोसँग बुझेर अघि बढ्ने स्कालोनीले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .