ad ad

खेल


समूहको पहिलो खेलमा सर्बियासँग भिड्दै ब्राजिल

समूहको पहिलो खेलमा सर्बियासँग भिड्दै ब्राजिल

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १३:४३, काठमाडौँ

पाँचपटकको उपाधि दाबेदार ब्राजिल छैटौँ पटक उपाधि उचाल्ने दाउमा सर्वियासँग खेल्दै विश्वकपको सुरुवात गर्दै छ। बिहीबार मध्यराति हुने खेल लुसैल स्टेडियममा हुनेछ।  

आक्रमणमा बलियो ब्राजिल सुरुवातबाट नै आक्रमक खेल प्रस्तुत गर्ने योजानमा छ। ब्राजिलले यो पटक लिभरपुलका रोबर्टो फिर्मिनोलाई टोली बाहिर राख्दै टोलीको घोषणा गरेको हो।

ब्राजिलले आक्रमणमा अनुभवी र युवा खेलाडीलाई समेटेको छ। सन् २००२ पछि उपाधि जित्न नसकेको ब्राजिल यो पटक उपाधि जित्ने रणनितिमा छ। 

ब्राजिलको टोली : 
गोलरक्षकः एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेंगो)

डिफेन्डरः ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्हस (पीएसजी), ड्यानिलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

मिडफिल्डरः क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

फरवार्डः नेयमार (पीएसजी), रिचारलीसन (टोटेनहम हट्सपर), भिनीसियस जुनिअर (रियल म्याड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रिगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), ग्याब्रिएल जेसस (आर्सनल) र ग्याब्रिएल मार्टिनेली (आर्सनल) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .