ad ad

खेल


दुई फरक रणनीतिबीच रुमलिएको जर्मनी

दुई फरक रणनीतिबीच रुमलिएको जर्मनी

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १४:२८, काठमाडौँ

कुनै बेला हारपछि निराश बनेको पश्चिम जर्मनीको टोलीको बैठकमा खेलको वास्तविक सत्यको विषयमा चर्चा हुन्थ्यो। र, हारलाई सुधारको एक महत्वपूर्ण मार्गका रुपमा प्रयोग गरिन्थ्यो। 

सन् १९५४ मा पश्चिम जर्मनीले त्यही रणनीति अख्तियार गरेर विश्वकप जितेको थियो। त्यसअघि उसले हंगेरीसँग हारको सामना गरेको थियो।

त्यसपछि सन् १९७४ मा पनि पूर्वी जर्मनीसँगको हारबाट पाठ सिक्दै उनीहरुले विश्वकप जितेका थिए। 

सन् १९८२ मा पनि अल्जेरियासँगको हारबाट सिकेका उनीहरुल विश्वकप फाइनलसम्मको यात्रा तय गरेको थियो।

यद्यपि यो कहानी निकै पुरानो भइसक्यो। त्यतिबेला जर्मनीको प्रतियोगिताको टोलीलाई टुर्निर्मानस्काफ्ट भनिन्थ्यो। यो टोली उनीहरुको नेतृत्व फुहरुंस्पिएलरमा निर्भर हुन्थ्यो।  

बुधबार पनि जर्मनीको टोली जापानसँग अनपेक्षितरुपमा २-१ गोलअन्तरले पराजित भयो। यद्यपि अहिले जर्मनीको टोली टुर्निर्मानस्काफ्ट छैन भने उनीहरुसँग कुनै फुहरुंस्पिएलर पनि कोही देखिएको छैन। 

२० वर्षको इतिहासमा पहिलोपटक जर्मन फुटबल अब कुन दिशातर्फ अघि बढ्ला भन्ने प्रश्न उठेको छ। अहिले जर्मन टोलीको समस्या नै राष्ट्रिय टोली कस्तो छ भनेर हेर्ने पर्याप्त मौका मिलेको छैन।

मैत्रीपूर्ण खेललाई गम्भीररुपमा लिइँदैन। क्वालिफयर्सका धेरै खेलमा पनि राम्रो तालमेल देखिएको थिएन। जसको कारण जर्मनीको टोली सही हिसाबले यो प्रतियोगिताको तयार हुन सकेन। महत्वपूर्ण प्रतियोगिताका खेलमा एक निर्णय, एक गल्ती, एक सही क्षणले खेलको रुपरेखा परिवर्तन हुन सक्छ।

त्यसैले पनि टोली पूर्णरुपमा सन्तुलित हुनु जरुरी हुन्छ। यस किसिमको सन्तुलन सन् २०१४ को विश्वकपमा देखिएको थियो। यो विश्वकपको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको जर्मनीले त्यो लय फाइनलसम्म कायम राखेको थियो। 

उक्त विश्वकपको सेमिफाइनलमा जर्मनीले ७–१ गोल अन्तरले ब्राजिललाई पराजित गरेको थियो। यो विश्वकपको समूह चरणमा पोर्चुगललाई पराजित गरेको जर्मनीले अष्ट्रेलिया, इंग्ल्याण्ड र अर्जेन्टिनालाई पनि पराजित गरेको थयो।

सन् २०१४ को विश्वकपमा जर्मनीको टोलीको महत्वपूर्ण क्षण अन्तिम १६ मा अल्जेरियाविरुद्धको खेल नै हो। यो खेलमा उसले २–१ गोल अन्तरको जित हात पारेको थियो। यो खेलमा टोलीले लिएका केही महत्वपूर्ण निर्णय फ्रान्स र अर्जेन्टिनाविरुद्धको खेलमा पनि सहायक सावित भएका थिए। 

सन् २००० देखि जर्मन फुटबल टोलीमा सुरु भएको सुधारको प्रक्रियाको कारण जर्मनीले सन् २०१४ मा विश्वकपको उपाधि उचालेको थियो।

सन् २०१४ को विश्वकप जिताउने क्रममा प्रशिक्षक जोगी लो थिए। उनले टोलीलाई सन्तुलित राख्न ठूलो मेहनत गरेका थिए। 

लोले छाडेपछि अहिले जर्मनीका प्रशिक्षकमा हान्सी फ्लीक रहेका छन्। उनले टोलीमा केही महत्वपूर्ण परिवर्तन गर्दै आएका छन्। उनले आक्रमणमा धेरै ध्यान दिँदै आएका छन्। तर, विश्वकपको उपाधि जित्न आक्रमणभन्दा पनि अन्य धेरै कुरा महत्वपूर्ण हुन्छ। 

लोले जर्मनीको टोलीलाई आधुनिक शैलीमा अघि बढाउने प्रयास गरेका थिए। जुन शैली प्रभावकारी पनि देखिएको थियो। उनको प्रशिक्षणमा जर्मनीको टोली आकर्षण, आक्रामक र हराउन नसकिने किसिमको हुनुका साथै रक्षात्मक पनि देखिएको थियो।

यद्यपि सन् २०१४ को विश्वकपपछि जर्मनीको टोलीमा सन्तुलन देखिएन। त्यहीकारण रुसमा भएको विश्वकपको समूहचरणबाटै जर्मनी घर फर्किन बाध्य भएको थियो। यो क्रम अहिलेसम्म पनि रोकिएको छैन। यो विश्वकपको पहिलो खेलमा नै जापानसँगको हारले पनि यसलाई पुष्टि गरेको छ। 

त्यसो त लोको प्रशिक्षणमा पनि जर्मनीले कुनै असफलता नभोगेको भने होइन। सन् २०१२ को युरोमा इटालीसँगको पराजय, सन् २०१४ मा घानासँग पराजित हुनुका साथै उनकै पालामा गत विश्वकपमा मेक्सिको र दक्षिण कोरियासँग जर्मनीले हारेको थियो। हारमा धेरै कारण देखिन्छन्। तर, पछिल्लो केही महिनायता जर्मनीको टोलीमा देखिएको कारण भने प्राविधिक कारण नै हो। 

यसअघि बायर्न म्युनिखमा सफल मानिएका प्रशिक्षकको खेलाडी छनोटमा अहिले प्रश्न उठिरहेको छ। यसपटकको जर्मनीको टोलीमा अग्रपंक्ति निकै राम्रो देखिएको छ तर रक्षा पंक्ति राम्रो छैन।

जसको कारण विपक्षीमाथि दबाब बढाउँदै गर्दा उसले गोल खाने गरेको छ। त्यही क्रमले यो विश्वकपमा निरन्तरता पाउनु जर्मनीका लागि टाउको दुखाइको विषय हो।  

यसपटकको विश्कपमा जर्मनीलाई महत्वपूर्ण समयमा सही निर्णय लिएर टोलीलाई नेतृत्वसमेत गर्ने खेलाडीको अभाव देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .