ad ad

खेल


१२ वर्षपछि समूह चरण पार गर्ने दाउमा घाना र दक्षिण कोरिया

१२ वर्षपछि समूह चरण पार गर्ने दाउमा घाना र दक्षिण कोरिया

नेपालखबर
मंसिर १२, २०७९ सोमबार ७:५७, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह एका दुई टोलीहरु दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुँदै छ। नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुने यो खेल कतारको एजुकेसन सिटी स्टेडियममा हुनेछ। 

घाना र दक्षिण कोरिया दुवै टोलीका लागि माथिल्लो चरणमा पुग्न सोमबारको खेलमा जित हात पानु निकै महत्वपूर्ण छ। सोमबारको खेलमा हारको सामना गरेको अवस्थामा घाना समूहचरणबाटै बाहिरिनेछ। 

यसअघि आफ्नो पहिलो खेलमा पोर्चुगलले घानामाथि ३–२ गोल अन्तरको जित हात पारेको थियो। दक्षिण कोरियाले भने उरुग्वेसँग बराबरी खेलेको थियो। यस्तोमा सोमबारको खेल जित्न सकेको अवस्थामा दक्षिण कोरिया माथिल्लो चरणको लागि बलियो अवस्थामा पुग्नेछ। 

दक्षिण कोरियाले सन् २०१० यता विश्वकपको समूह चरण पार गर्न सकेको छैन। यद्यपि गत विश्वकपमा दक्षिण कोरिया समूह चरणमा जर्मनीलाई हराउँदै समूहचरणबाटै उसलाई घर फर्काउन भने सफल भएको थियो। 

घाना पनि सन् २०१० को विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यसपछि ब्राजिलमा भएको विश्वकपको समूहचरणबाटै बाहिरिएको घाना रुस विश्वकपमा भने छनोट हुन सकेको थिएन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .