नेकपा एमालेमा फर्किएका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्य भट्टराईलाई पार्टीले कारबाही गरेको छ।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ।
भट्टराईले अध्यक्ष पदको दुरुपयोग गरी स्थानीय तह निर्वाचनदेखि हालसम्म पार्टीको हितविरुद्ध गतिविधि गरेकोले पार्टी विधानको खण्ड ६४ (ख) अनुसार साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको एकीकृत समाजवादीले जनाएको छ।
यस्तै, नेकपा एकीकृत समाजवादी अछामको कार्यबाहक अध्यक्षको जिम्मेवारी योगेन्द्र विष्टलाई दिइएको छ।
सोमबार दिउँसो भट्टराईसहित एकीकृत समाजवादीका जिल्ला कमिटी तथा विभिन्न अन्य कमिटीका २५ बढी नेता कार्यकर्ताले पार्टी छोडेर एमाले फर्किएका थिए।
Shares
प्रतिक्रिया