ad ad

सुदूरपश्चिम


बाजुराका ४ मतदान केन्द्रमा विवाद, मतदान स्थगित

बाजुराका ४ मतदान केन्द्रमा विवाद, मतदान स्थगित

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी मावि मतदान केन्द्र.


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ११:४०, काठमाडौँ

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा बाजुराका ४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

बूढीगंगा नगरपालिका–८, बूढीनन्दा नगरपालिका–५, खप्तड छेडेदह गाउँपालिका–१ र स्वामीकार्तिक खापर गाउँपालिका–४ मा मतदान स्थगित भएको हो।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले चार स्थानमा मतदान स्थगित भएको पुष्टि गरेका छन्। 

बूढीगंगा–८ को गिरिखेल्ने आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचनको विषयमा दुई पक्षबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ। 

बूढीनन्दा नगरपालिका–५ मा दुई पक्षबीचको विवादको भिडिओ छायांकन गरेको भन्दै एमाले कार्यकर्ताहरुले पत्रकार संगिता तिमल्सिनामाथि दुव्र्यवहार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .