ad ad

सुदूरपश्चिम


प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन जेठ २३ बाट

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन जेठ २३ बाट

नेपालखबर
जेठ ९, २०८० मंगलबार १४:४७, काठमाडौँ

जेठ २३ देखि २५ गतेसम्म प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलन पर्यटकीय गन्तव्यस्थल खप्तडमा हुन लागेको हो।

यस बारेमा मंगलवार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। जैविक विविधता र प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको धरोहरका रुपमा रहेको खप्तड क्षेत्रलाई आध्यात्मिक ध्यान केन्द्रका रुपमा विकास गर्न यो सम्मेलन आयोजना गर्न लागिएको व्यवस्थापन समितिले जनाएको छ।

सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने पनि आयोजकले बताएको छ। सम्मेलनमा उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री र प्रदेशमन्त्रीहरुको सहभागीता रहने व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए।

उनले सम्मेलनमा करिव ५ सय बढीको उपस्थिति रहने बताए। सम्मेलनमा योगगुरु रामदेव, जगतगुरु वालसन्त, आयुर्वेद शिरोमणि बालकृष्ण आचार्य लगायत आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने बताए।

सम्मेलनले नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण प्रस्थानबिन्दुको रुपमा लिएको अध्यक्ष सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .