सुदूरपश्चिम


आफैं सवार ट्रयाक्टरले किच्दा युवकको मृत्यु

आफैं सवार ट्रयाक्टरले किच्दा युवकको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख ९, २०८१ आइतबार १९:५१, बैतडी

ट्रयाक्टरले किच्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रप्रसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

डिलासैनी १ ब्रमबाट सीमातर्फ गइरहेको  सुपप्र ०१००२ त ४६८६ नं को ट्रयाक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा उनलाई किचेको हो।

ट्र्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्र्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।

घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली  गएको थियो।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .