सुदूरपश्चिम


गड्डाचौकी नाकाबाट एक सातामै भित्रिए ५ हजार बढी नेपाली

गड्डाचौकी नाकाबाट एक सातामै भित्रिए ५ हजार बढी नेपाली

गोकुल जोशी
असोज २३, २०८१ बुधबार १९:५२, कञ्चनपुर

दसैँको टीका नजिकिएसँगै घरबाट टाढा रहेकाहरु घर फिर्ता भइरहेका छन्। सहरदेखि ग्रामीण बस्तीसम्मै दसैँको चहलपहल बढेको छ।

सहर बजारमा किनमेल गर्ने भीड बाक्लो छ। पढाइ तथा रोजगारीको शिलशिलामा घरबाट टाढा रहेकाहरु परिवारसँग दसैँ मनाउन घर फिर्ती भइरहेका छन्।

परिवारको गर्जो टार्न विदेश हानिएकाहरु पनि वर्षमा एक पटक आउने चाडमा रमाउन कतिपय घर पुगिसकेका छन्। कतिपय आउने क्रम जारी छ।

भारतसँग सीमा जोडिएको पश्चिमी सिमानाका गड्डाचौकीमा भारतबाट स्वदेश फर्किने नेपालीको लर्को छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दैनिक एक हजारको हाराहारीमा नेपाली नागरिक स्वदेश फर्कँदै छन्।

दसैँ सुरु भएको एक साताको अवधिमा गड्डाचौकी नाकाबाट ५ हजार ७ सय ७ जना नेपाल भित्रिएका छन्। घटस्थापनाको दिन १७ असोजमा गड्डाचौकीबाट ९ सय ३१ जना भित्रिए।

अर्को दिन ६ सय ३० जना नाकाबाट भित्रिएको प्रहरीले जनाएको छ। १९ असोजमा ८५ जना, २० असोजमा ८ सय ७०, २१ असोजमा ८ सय ९ र २२ असोजमा १ हजार ४ सय ९३ जना गड्डाचौकी नाकाबाट भित्रिएका छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय कामको खोजीमा भारतको विभिन्न शहर पुग्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad