सुदूरपश्चिम


सडकपेटीमा घोप्टो अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला

सडकपेटीमा घोप्टो अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला

घटनास्थल


नेपालखबर
माघ १९, २०८१ शनिबार ९:२, कञ्चनपुर

कञ्चनपुरमा नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी मृत फेला परेका छन्।

शनिबार बिहान भीमदत्त नगरपालिका-१८ मामाभान्जा चोकनजिक कलौनीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको हो।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनास्थललाई सिल गरिएको छ।

चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ। मृत्युको कारण खुलेको छैन। 

अच्युत कलौनी

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए।

नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्रीसमेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad