कप्तान रोबर्टो लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्याण्ड कतार विश्वकपमा मेक्सिकोसँग अंक बाँड्न बाध्य भएको छ।दोहास्थित स्टेडियम ९७४ मा पहिलो खेलमा जितको सुन्दर मौका पाए पनि पोल्याण्ड त्यसलाई सदुपयोग गर्न असफल भए।
खेलको ५६ औँ मिनेटमा लेवान्डोस्कीलाई मेक्सिकन डिफेन्डरले डिबक्समा लडाएपछि भीएआरको सहयोगमा रेफ्रीरे पेनाल्टी दिएका थिए।
जसमा मेक्सिकन गोलरक्षक ग्वीलेर्मो चोवाले सुन्दर बचाउ गरे। लेवान्डास्कीको प्रहार मेक्सीका गोलरक्षकले पञ्च गर्दै बचाए।
दोस्रो हाफमा लगातार आक्रमण बुनेको पोल्याण्डले मेक्सिकोको रक्षापक्ती तोड्न सकेन।
खेलको ६६ औँ मिनेटमा मेक्सिकोका एलेक्सिस भेजाले गोलको प्रयास गरे पनि सफल हुन सकेनन्।
पोल्याण्ड २०१८ विश्वकपमा समूहचरणबाटै घर फर्किएको थियो। मेक्सिको भने पछिल्लो आठ विश्वकपमा लगातार समूह चरण पार गर्दै आएको छ।
यहि समूहमा अर्जेन्टिना र साउदी पनि छन्। आजै भएको समुहको पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले हराउँदै ३ अंक जोडेको छ। बलियो मानिएको अर्जेन्टिना भने अंकबिहिन छ।
समूह डी को दोस्रो खेलमा मंगलबार राति फ्रान्स र अष्ट्रेलिया भिड्ने छन्।
प्रतिक्रिया