ad ad

विश्वकप विशेष


जापानमाथि ऐतिहासित जित निकाल्दा कोस्टारिकाको सम्भावना यथावत

जापानमाथि ऐतिहासित जित निकाल्दा कोस्टारिकाको सम्भावना यथावत

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १७:३९, काठमाडौँ

जापानविरुद्ध  ऐतिहासित जित निकाल्दा फिफा विश्वकपमा कोस्टारिकाले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।

अलमद बिन अली स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १–० ले पराजित गरेकाे हाे। याे सँगै उसकाे अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनाएको हो। 

पहिलो हाफ गोलरहित बराबरीम सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। पहिलो हाफमाभन्दा दोस्रो हाफमा कोस्टारिकालाई दबाबमा राखेको जापानले गोल निकाल्न असमर्थ भयो।  

कोस्टारिकाको जितमा किशोर फुलरले निर्णायक गोल गरे। खेलको ८१ औँ मिनेटमा किशोर फुलरले गोल गर्दै कोस्टारिकालाई सुरुवाती अग्रता दिलाएका थिए। फुलरले येल्तसिन तेजेडाको पासमा बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्। 

कोस्टारिकाको जितसँगै समुह 'ई' का चारै टोलीको अघिल्लो चरण प्रवेशको सम्भावना खुला भएको छ। समान ३ अंक भएका स्पेन शीर्ष। जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छन्। अंकबिहिन जर्मनी तालिकाको अन्तिममा छ। 

आजै हुने समुह चरणको अर्को खेलमा स्पेन र जर्मनी भिड्नेछन्। कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० ले पराजित भएको थियो। जापानले भने जर्मनीलाई २–१ ले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .