बागमती


बागमतीमा सहमति : वैशाख ३१ मा अधिवेशन, जेठ ४ भित्र संसदीय समितिको नेतृत्व

बागमतीमा सहमति : वैशाख ३१ मा अधिवेशन, जेठ ४ भित्र संसदीय समितिको नेतृत्व

सुनिता विष्ट
बैशाख २१, २०८१ शुक्रबार १८:१०, मकवानपुर (हेटौंडा)

बागमती प्रदेश सभाको संसदीय समितिका सभापति जेठ ४ गतेभित्र चयन गर्ने सहमति दलहरूबीच बनेको छ।

आउँदो जेठ ३ गतेसम्म सर्वसम्मतिमा समिति सभापति चयन नभए जेठ ४ गते निर्वाचन प्रणालीबाट टुंग्याउने सहमति भएको हो।

शुक्रबार प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा यो सहमति भएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार त्यसअघि नै सर्वसम्मतिमा सभापति चयन गर्न सबै दलले सहमति जनाएको बताउँदै उनले भने, ‘सकेसम्म सहमतिमै समितिका सभापति चयन गर्ने भन्ने हाम्रो लक्ष्य हो। अघिल्लो कार्यकालमा पनि सहमतिमै सभापति चयन हुनुभएको थियो। यसपटक पनि सहमति जुटाउने प्रयास रहनेछ। यसो नभए ४ गते निर्वाचन हुन्छ।’

यस्तै बैठकले आउँदो ३१ गतेका लागि बजेट अधिवेशन राख्नको लागि पनि सहमति जुटाएको मुख्यमन्त्री जम्मकट्टेलले बताए।

उनका अनुसार जेठ १ मा प्रिबजेट छलफल, १५ गते नीति तथा कार्यक्रम पेस, असार १ गते बजेट पेस गर्ने गरी संसद्को क्यालेन्डर बनाउन पनि दलहरूबीच सहमति जुटेको हो।

बजेटमाथिको विगतको कमजोरी सुधारेर सन्तुलित र व्यवहारिक बजेट बनाउन पनि दलहरू सहमत भएको बताइएको छ। यसअघिको बजेट सन्तुलित नभएको भन्दै विरोध भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .