ad ad

बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा तल झर्‍यो

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा तल झर्‍यो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस ८, २०८० आइतबार ९:५४, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा तल झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस देखिएको हो। 

यसअघि आजै बिहान ६:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो। तर आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ कै हुने मौसमविद् बताउँछन्। 

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको थियो। 

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यसअघि ४.५ डिग्रीसम्म झरेको छ।

यही पुस ५ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको र उपत्यकाका लागि यो नै यस वर्षको अहिलेसम्मको कम न्यूनतम तापक्रम भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .