कारोबार


नेपाल लाइफले मनायो २३ औँ वार्षिकोत्सव

नेपाल लाइफले मनायो २३ औँ वार्षिकोत्सव

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १९:५७, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ।

यस अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू गरेको हो।

कम्पनीले रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको वीरगञ्जमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौंडामा ३२, ललितपुरमा ३८ र काठमाडौँमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८,  सुदूरपश्चिमकोे महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ।

यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको छ भने कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान गरेको छ।

यस्तै, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोपणका निम्ति रु ५ लाख को आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबै सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .