ad ad

कारोबार


चाँदी आयातको ४० हजार डलरको कोटा बढ्यो

चाँदी आयातको ४० हजार डलरको कोटा बढ्यो

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १२:५०, काठमाडौँ

राष्ट्र बैंकले चाँदी आयातको कोटा बढाउने भएको छ। नेपालमा चाहिनेभन्दा बढी चाँदी आयातपछि कडाइ गरेको राष्ट्र बैंकले सुनचाँदी व्यवसायीको मागअनुसार कोटा बढाउन लागेको हो। 

शुक्रबार जारी भएको तेस्रो मौद्रिक समीक्षामा भनिएको छ, ‘चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरवलोकन गरिनेछ।’

वैदेशिक मुद्रामा चाप बढेको र नेपाली बजारमा खपतभन्दा बढी आयात भएपछि कडाइ गरेको थियो। ०७८ मा एक व्यवसायीले प्रतिपटक ३५ हजार डलरको चाँदी ल्याउन पाउने व्यवस्था गरेको थियो। पछि संशोधन गरेर प्रतिपटक ४० हजार डलर बनाइएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले व्यवसायीको माग सम्बोधन भएको बताए। प्रतिपटक ७० हजार डलरसम्मको ल्याउन दिनुपर्ने व्यवसायीले माग गर्दै आएको उनले बताए।   

यसअघि राष्ट्र बैंकले कडाइ गर्दा चाँदीको अभावभन्दा पनि धेरै पटक ल्याउनुपर्दा खर्च बढेकाले सीमा बढाउन माग गरेका थिए। 

‘अहिले बजारमा चाँदीको अभाव भएर होइन। तर एउटै व्यवसायीले ४० हजार डलर तोक्दा धेरै पटक ल्याउँदा खर्च बढ्यो’,  महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने, ‘अहिलेको डबल गर्दा जभाथावी पनि नहुने र व्यवसायीको खर्च पनि जोगिन्छ।’

राष्ट्र बैंकले प्रतिपटक कति डलरसम्मको ल्याउने दिने स्पष्ट व्यवस्था गरिसकेको छैन। आगामी दिनमा सर्कुलरमार्फत सीमा तोक्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .