सञ्जय लिला भन्सारी निर्देशित वेब सिरिज ‘हीरामण्डी: द डायमण्ड बजार’ विश्वव्यापी रिलिज भएको छ। बहुप्रतिक्षित यो वेब सिरिज आजबाट ओटीटी प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो।
यो बेव सिरिज रिलिजअगावै चर्चामा थियो। यस सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, ताना शाह बदुशा, सञ्जिदा शेख र शर्मिन सहगलको अभिनय छ। वेब सिरिज ८ एपिसोडको हुने समेत बताइएको छ।
सञ्जय लीला भन्सालीले यस वेब सिरिजमा हीरामन्डी नामक ठाउँमा बस्ने यौनकर्मीहरुको कथालाई समेटेका छन्। यो वेब सिरिज प्रेम, शक्ति र स्वतन्त्रता बीचको लडाइँसमेत हो। सिरिजका लागि सबै अभिनेत्रीले आफ्नो भूमिकामा आउन सक्ने गरी नृत्य तालिम लिएका थिए।
यसअघि भन्सारीले आलिया भट्टको मुख्य भूमिकामा फिल्म ‘गगुबाई काठियावाडी’ बनाएका थिए। सन् २०२२ मा रिलिज भएको यो फिल्म बक्सअफिसमा सफल भएको थियो।
Shares
प्रतिक्रिया