कला


जोनको यस्तो ज्यानको रहस्य : २५ वर्षदेखि खाएका छैनन् चिनी

जोनको यस्तो ज्यानको रहस्य : २५ वर्षदेखि खाएका छैनन् चिनी

अभिनेता जोन अब्राहम


नेपालखबर
बैशाख १९, २०८१ बुधबार १४:४, काठमाडौँ

बलिउड अभिनेता जोन अब्राहम प्रायः आफ्नो फिल्मका कारण चर्चामा रहन्छन्। साथै उनी आफ्नो फिटनेसका कारण पनि फ्यानमाझ लोकप्रिय छन्। हालै मात्र पाकिस्तानी अभिनेता अली खानले जोन अब्राहमसँग काम गरेको सम्झना गर्दै बलिउड स्टारको अनुशासित कार्य योजनाको खुलासा गरेका छन्। उनले के भने? आउनुहोस् जानौँ। 

एली खानले आफ्नो हालैको अन्तर्वार्तामा जोन भिक्षुको रूपमा जीवन बिताउने र फिल्म उद्योगमा उनको सफलताको रहस्य यही रहेको बताए। जोया अख्तरको फिल्म ‘लक बाई चान्स’मा एलीले सहायक भूमिका निर्वाह गरेका थिए, जसमा जोनले केमियो रोलमा छन्। उनले आगामी फिल्म ‘तेहरान’मा जोनसँग फेरि स्क्रिन सेयर गरेका छन्। जोनको अनुशासनबाट आफू निकै प्रभावित भएको एलीले बताए।

अन्तर्वार्तामा एलीलाई सोधियो– जोनसँग साँच्चै प्रतिभा छ वा उनी यति वर्षदेखि आफ्नो शरीरमा काम गरिरहेका छन्? जसमा एलिले भने, ‘तपाईंमा प्रतिभा छैन भने यति वर्ष उद्योगमा टिक्न सक्नुहुन्न। यो उमेरमा पनि उनी आफ्नो सर्ट फुकाल्न सक्छन्, किनकि उनले २५ वर्षदेखि चिनी पनि खाएका छैनन्।’

उनले थपे, ‘जोनले चिनी मात्र छोडेका छैनन्, धूमपान र मद्यपान पनि गर्दैनन्।’ 

एलीका अनुसार उनले जोनलाई यो शरीर केवल प्रोटिन र मासुको परिणाम हो भने सोध्दा जोनले आफू शाकाहारी भएको र आफ्नो ज्यान खाना मात्र खाएर बनाएको जवाफ दिए। 

आफ्नी पत्नी प्रिया रुचालका साथ जाेन

जोन अब्राहमको वर्कफ्रन्टको कुरा गर्दा उनी शाहरुख खानसँग ‘पठान’मा खलनायकको भूमिकामा देखिएका थिए। उनको अभिनयलाई दर्शकले निकै मन पराएका थिए। उनको आगामी प्रोजेक्टमा ‘तेहरान’, ‘फोर्स ३’ र ‘वेद’ पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .