आज शुक्रबार नेपाली सिनेमाहलमा एक स्वदेशी र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’सहित हलिउड फिल्म ‘द फल गाइ’ हलमा लागेका हुन्।
उपेन्द्र सुब्बाको लेखन रहेको मनसराले मल्टिप्लेक्स हलहरूबाट राम्रो शो पाएको छ। यस फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण पक्षकाे छ। यस फिल्मले विवाहेतर र अन्तरजातीय प्रेमसम्बन्धको कथा भन्छ।
दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधान फिल्ममा मुख्य भूमिकामा छन्। फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्। सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन्।
त्यसैगरि, हलिउड फिल्म ‘द फल गाइ’ मा रायन गोस्लिङ, एमिली ब्लन्ट, हन्ना वडिङ्हम लगायतको अभिनय छ। डेभिड लिच निर्देशित यस फिल्मले एक स्टन्टम्यानको कथा भन्छ, जसले हराएकी आफ्नी पूर्वप्रेमिकाको ब्लकबस्टर फिल्मको स्टारको खोजी गर्नुपर्छ।
Shares
प्रतिक्रिया