फिल्म ‘फर्की फर्की’ मा समावेश ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा नरेन लिम्बुको स्वर सुन्न सकिन्छ।
लिम्बुकै लेखन, कम्पोज र गायनमा यो गीत वर्षौअघि सार्वजनिक भएको थियो। कथाअनुसार मिल्ने भएर गीतलाई रि एजेन्ज गरेर फिल्ममा राखिएको हो।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन्। दुबैबीचको प्रेम र बिछोडलाई भिडिओमा देख्न सकिन्छ।
सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ।
अनमोल र जसितासहित रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ।
फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन्। यो फिल्म आगामी जेठको १० गतेबाट रिलिज हुँदैछ।
42
Shares
प्रतिक्रिया