कला


सोनाक्षीको खुलासा- सलमान लापरवाह छन्, जे मन लाग्छ त्यही गर्छन्

सोनाक्षीको खुलासा- सलमान लापरवाह छन्, जे मन लाग्छ त्यही गर्छन्

फाइल फाेटाे: सोनाक्षी सिन्हा र सलमान खान


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार २०:३६, काठमाडौँ

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अभिनेता सलमान खान निकै लापरवाह भए पनि आफ्नो कामप्रति संवेदनशील पनि रहेको खुलासा गरेकी छन्।

सोनाक्षीले सलमानले समयको पालना नगर्ने बताइन्। सलमान सबै काम आफ्नो इच्छाअनुसार गर्ने सोनाक्षीको भनाइ छ। उनी समयमै सेटमा आउँदैनन्। मन लागेको बेला मात्रै सेटमा आउँछन्। तर उनको विशेषता भनेको काम पूरा नगरी कहिल्यै प्याकअप गर्दैनन्।

‘सलमान सानातिना कुराको मतलब गर्दैनन्’ 
राज शामानीलाई दिएको अन्तर्वार्तामा सोनाक्षीले भनिन्, ‘उनी धेरै लापरवाह छन् तर साथसाथै आफ्नो कामप्रति निकै इमानदार पनि छन्। हो, यो पूरै विरोधाभास छ, तर सत्य यही हो। उनले सानातिना कुराको वास्ता नगरेको मैले देखेकी छु।’

सोनाक्षीले थपिन्,  ‘सलमान आफूलाई जे मन लाग्छ, त्यही गर्छन्। उदाहरणका लागि यदि उनलाई मन लाग्यो भने उनी साइकलमै सेटमा आउँछन्। सेटमा आउन मन लागेपछि मात्र आउँछन्। त्यसैगरी आफूलाई मन लागेका बेला मात्र उनी खाना खान्छन्। समग्रमा उनी जे मन लाग्छ, त्यही गर्छन्। तर योसँगै उनी आफ्नो कामप्रति निकै इमान्दार पनि छन्। उनी आफ्नो काम पूरा नभएसम्म सेट छाड्दैनन्। यो सबै कुरा अलि अनौठो छ, तर उनी यस्तो  कसरी गर्छन्, मलाई पनि थाहा छैन।’

सोनाक्षीले सन् २०१० मा सलमान खानको फिल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी थिइन्। यो फिल्ममा उनी सलमानकी अनस्क्रिन पत्नीको भूमिकामा देखिएकी छन्। सोनाक्षीले सलमानसँग दबंग २ र दबंग ३ मा पनि काम गरिसकेकी छन्। सोनाक्षीलाई इन्डस्ट्रिजमा ल्याउने श्रेय पनि सलमानलाई नै दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .