ग्लोबल


गाजामा मानवीय संकट निम्त्याएको भन्दै टर्कीले लगायो इजरायलसँग व्यापारमा प्रतिबन्ध

गाजामा मानवीय संकट निम्त्याएको भन्दै टर्कीले लगायो इजरायलसँग व्यापारमा प्रतिबन्ध

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार ९:३१, काठमाडौँ

टर्कीले इजरायलसँग कुनै पनि प्रकारको व्यापार गर्न प्रतिबन्ध लगाएको छ।

इजरायलका कारण गाजामा मानवीय संकट बढ्दै गएको भन्दै टर्कीले सो कदम चालेको बीबीसीले जनाएको छ। 

टर्कीको व्यापार मन्त्रालयले गाजामा कुनै अवरोध नगरी पर्याप्त सहायता सुनिश्चित नभएसम्म यो निर्णय लागू रहने जनाएको छ।

गत वर्ष दुई देशबीच सात अर्ब डलरको व्यापार भएको थियो।

इजरायलका विदेशमन्त्रीले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले तानाशाहको जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

विदेशमन्त्री काट्जले सोसल मिडिया प्लेटफर्म एक्समा लेखे, ‘यो टर्कीका जनता, व्यापारी र अन्तर्राष्ट्रिय व्यापार सम्झौतालाई बेवास्ता गर्नु हो।’

टर्कीले व्यापारमा प्रतिबन्ध इजरायली सरकारले गाजामा कुनै अवरोध बिना पर्याप्त सहायता प्रवाह सुनिश्चित नगर्दासम्म जारी रहने जनाएको छ। 

१९४९ मा टर्की इजरायललाई मान्यता दिने मुस्लिम बहुल जनसंख्या भएको पहिलो देश बनेको थियो। तर पछिल्ला केही दशकमा दुई देशबीचको सम्बन्ध बिग्रँदै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .