ग्लोबल


२०२३ मा उज्वेकिस्तानमा विदेशी लगानी दोब्बर

२०२३ मा उज्वेकिस्तानमा विदेशी लगानी दोब्बर

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार ११:२६, काठमाडौँ

उज्वेकिस्तानको अर्थतन्त्र हालैका वर्षहरूमा बढेको छ। गत वर्षको तुलनामा विदेशी लगानी झन्डै दोब्बर भएको राष्ट्रपति शावकट मिर्जियोयेभले बताए। 

उज्वेकिस्तानको राजधानीमा आयोजित तेस्रो तास्कन्द अन्तर्राष्ट्रिय लगानी मञ्चमा आफ्नो उद्घाटन भाषणमा मिर्जियोयेभले आफ्नो देशले आर्थिक उदारीकरण, लगानीको अनुकुल वातावरण र उद्यमीहरूका लागि प्रणालीगत सुधारका कारण सफलता पाएको बताए। 

गत वर्ष मात्रै वृद्धिदर ६ प्रतिशत पुगेको मुद्रास्फीति ९ प्रतिशतभन्दा तल रहेको छ। व्यापार कारोबार निरन्तर बढिरहेको छ। राष्ट्रिय मुद्रा र विदेशी विनिमय सञ्चितिको स्थायित्व कायम भइरहेको उनले बताए।

विगतका वर्षहरूमा मुलुकले ६० अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गरेको र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट सामाजिक तथा पूर्वाधार निर्माणका लागि १४ अर्ब डलरभन्दा बढी रकम विनियोजन गरिएको पनि उनले बताए। 

मिर्जियोयेभले उज्वेकिस्तानले तीन वर्षको अवधिको लागि विदेशी लगानीकर्ताहरूलाई शेयरबाट प्राप्त हुने लाभांशमा करबाट छुटसहित अन्य प्राथमिकता क्षेत्रहरूमा उद्यमशीलता र व्यवसायलाई समर्थन गर्न विशेष उपायहरूको श्रृंखला विकास गरेको बताए। 

पहिलो तास्कन्द अन्तर्राष्ट्रिय लगानी मञ्च २०२२ मा भएको थियो। यस वर्षको कार्यक्रममा विश्वभरबाट २ हजार ५ भन्दा बढी व्यक्तिहरूले भाग लिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .