नेकपा एमालेबाट उम्मेदवार भई इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी सुहाङ नेम्बाङलाई पराजित रास्वपा उम्मेदवार मिलन लिम्बुले बधाई दिएका छन्।
यस क्रममा लिम्बुले आफूहरूबीच प्रतिस्पर्धा व्यक्तिगत नभई इलामेली जनताको हितका लागि भएको उल्लेख गर्दै उनले सुहाङलाई सफलताको शुभकामना पनि दिएका छन्।
‘एउटा प्रक्रियामा हामी प्रतिस्पर्धी थियौँ। हाम्रो प्रतिस्पर्धा व्यक्ति–व्यक्तिबिचको नभएर इलाम र इलामेली जताको पक्षमा काम गर्ने सन्दर्भमा थियो’, मिलनले भने, ‘तपाईँको जित तपाईँ अर्थात् एउटा व्यक्तिको मात्र जितको रूपमा कायम हुने छैन, समग्र इलाम र इलामेली जताको जितमा रूपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना।’
1.0k
Shares
प्रतिक्रिया