हङकङको टेम्पल स्ट्रिट आगलागीकी घाइते फिलिपिनो महिला, नेपालीहरू सकुशल

हङकङको टेम्पल स्ट्रिट आगलागीकी घाइते फिलिपिनो महिला, नेपालीहरू सकुशल

घटनास्थलमा सुरक्षाकर्मी, इन्सेटमा घाइते महिला


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ११:३५, हङकङ

बुधबार साँझ हङकङको याउमा तेईस्थित टेम्पल स्ट्रिटमा भएको आगलागीकी घाइते फिलिपिनो महिला भएको बुझिएको छ।

आगलागीको समयमा घटनास्थलमा पुगी सेवामा खटिएकी होम सेन्टर (वाईटीएम)की प्रोग्राम वर्कर सोनाम लिङ्देनले नेपालखबरलाई दिएको जानकारी अनुसार घाइते अन्दाजी ३०/४० वर्षकी फिलिपिनो महिला हुन्।

उनको हातमा चोट लागेको छ। उनलाई अग्नि नियन्त्रकको टोलीले तत्काल अस्पताल पठाएको थियो।

होम सेन्टर जातीय अल्पसंख्यकको हितमा क्रियाशील सामाजिक संस्था हो।

घटनास्थलमा होम सेन्टरका कर्मचारी लगायत

साँझ ६ बज्नुभन्दा अगाडि सुरु भएको आगलागीमा ६ बजे पुगेर राति १ बजेसम्म घटनास्थलमै रहेकी लिङ्देनले वस्तुस्थिति बताएअनुसार छैटौँ तलामा रहेको उनै फिलिपिनो महिलाको फ्ल्याटबाट आगो लाग्न सुरु भएको हो।

आगलागीको कारण के थियो र कसरी भयो भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

टेम्पल स्ट्रिट नेपालीहरूको बाक्लो बसोबास रहेको स्थान हो।

यद्यपि, हिजोको आगलागीबाट नेपालीहरू भने सुरक्षित रहेको लिङ्देन बताउँछिन्। उनका अनुसार आगलागी भएको भवनमा नेपाली, पाकिस्तानी, फिलिपिनो लगायतको बसोबास छ।

त्यसमा पनि नेपाली बढी रहेको उनी बताउँछिन्। लिङ्देनले बताएअनुसार त्यहाँ  करिब आठ नेपाली परिवारको बसोबास छ।

आगलागी भएको सूचना पाएपछि दुई चाइनिज, तीन पाकिस्तानी र एक नेपालीसहित होम सेन्टरबाट ६ जनाको टोली घटनास्थलमा खटिएको थियो।

सेन्टरले पानी, स्यान्क्स, ट्युसु पेपर, बच्चाको लागि डाइपर लगायतका अत्यावश्यकीय सामग्री उपलब्ध गराएको लिङ्देनले बताइन्।

‘दमकल विभागबाट अग्निनियन्त्रकको टोली घटना भएको करिब १५ मिनेटमै आइपुगेको थियो,’ लिङ्देनले नेपालखबरलाई भनिन्, ‘हामीले आगलागी प्रभावित र विभागका अधिकारीहरूबीच दोभाषेको सेवा प्रदान गर्‍यौँ।’

आगलागी प्रभावितका लागि याउचिम मङ जिल्ला कार्यालयले हेन्‌री जि. लियोङ याउमा तेई कम्युनिटी सेन्टरमा अस्थायी सेल्टरको व्यवस्था गरेको छ।

यस सेल्टरमा केही नेपाली परिवार पनि बसेको लिङ्देनले बताइन्। कोही चाहिँ आफन्तकोमा गएको र कोही आगलागीपछि आफ्नै घरमा बसेका छन्।

आगलागी प्रभावितमध्ये ४ जना वृद्धवृद्धा नेपाली समेत थिए।

आगलागीको समयमा हङकङका अन्य नेपाली संघसंस्था पनि सेवामा खटिएका थिए।

आगलागी प्रभावितलाई उपलब्ध गराइएको राहत सामग्री

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .