ad ad

राजनीति


प्रधानमन्त्रीलाई सूर्य थापाको प्रश्न- तपाईंलाई दबाब कहाँबाट आएको हो?

प्रधानमन्त्रीलाई सूर्य थापाको प्रश्न- तपाईंलाई दबाब कहाँबाट आएको हो?

तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २४, २०८० आइतबार १७:१६, काठमाडौँ

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई कहाँबाट दबाब आएको भन्दै संसदमा प्रश्न गरेका छन्। 

आइतबारबाट सुरु भएको बजेट अधिवेशनको छलफलमा समय लिएर बोल्दै सांसद थापाले प्रधानमन्त्री प्रचण्डले देखाउने भनेको फिल्म हेर्न चाहेको पनि बताए। 

‘हामी विषयमा जानुअघि यो संसदलाई कस्तो अभ्यास गर्ने थलो बनाउन खोजिरहेका छौं?,’ थापाले प्रश्न गरे। 

उनले प्रधानमन्त्री प्रचण्डलाई संसदमा बोल्नका लागि समयको व्यवस्था मिलाउनका लागि सभामुखसमक्ष आग्रह गरेका छन्। 

‘मैले हिजोमात्रै प्रधानमन्त्रीलाई टिभिमा सुनेँ। मलाई दबाब छ म दबाब मान्दिँन, दबाब को मार्फत हो? सम्माननीय प्रधानमन्त्रीज्युलाई यो संसदमा बोल्नका निम्ति समय दिन सम्माननीय सभामुखसमक्ष म आग्रह गर्न चाहन्छु,’ उनले भने।

साथै, उनले कयान्टेनमेन्टमा अर्बौं भ्रष्टाचार भएको विषयमा आफूले फिल्म हेर्न चाहेको बताए। 

‘म भन्न चाहन्छु, प्युठानी जनताले टिकट काटेर पठाउनुभएको छ, क्यान्टेनमेन्टमा अरबौं भ्रष्टाचार भएको छ त्यसको फिल्म हेर्न चाहन्छु। म कमानसिंह लामाको करोडौं ठगि प्रकरणको बारेमा फिल्म हेर्न चाहन्छु, टिकट काटेर आएको छु, फिल्म हेर्ने व्यवस्था मिलाइयोस्,’ थापाले भने। 

सांसद थापाले नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान लाग्नेहरू पनि अपराधी भएको बताए। 

‘कोहीपनि नक्कली भुटानी शरणार्थी बनेर जान चाहने छन भने पनि त्यो अपराधी हो। अपराधीको बारेमा सदनमा धेरै रुवाबासी नगरौं,’ सांसद थापाले भने, ‘नागरिक विदेशी भएर नक्कली शरणार्थी भएर देशको नागरिकता त्यागेर रूवाबासी गर्न जरुरी छैन। दोषिलाई उम्काउने कोसिस नगरियोस र निर्दोषलाई नफसाइयोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .