राजनीति


देउवाले बूढानीलकण्ठमा मन्त्रीहरूसँग गरे छलफल, सोमबार दलको बैठक

देउवाले बूढानीलकण्ठमा मन्त्रीहरूसँग गरे छलफल, सोमबार दलको बैठक

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८० आइतबार १९:२३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलका सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाएर छलफल गरेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी बिधेयक संसद्‍बाट अघि बढाउने तयारी भइरहेका बेला देउवाले सबै १० जना मन्त्रीलाई आइतबार साँझ बूढानीलकण्ठ बोलाएका हुन्। 

पछिल्लो समय सत्ता गठबन्धनमा केही खटपट पनि देखिएको छ। अर्कातिर फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन पनि हुँदैछ।

राष्ट्रिय सभाको अध्यक्ष पद कसले लिने भन्नेमा अझै पनि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति बनिसकेको छैन। 

यिनै राजनीतिक घटनाक्रमबीच देउवाले सबै मन्त्रीहरूसँग संवाद गरेका हुन्। 

मन्त्रीहरूसँगको छलफलपछि देउवाले सोमबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक पनि बोलाएका छन्।

उक्त बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ। 

गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट विजयी राष्ट्रिय सभाका सदस्यहरूको शपथ पनि सोमबार नै हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .