राजनीति


कांग्रेस प्रतिपक्षमा बस्ने, देउवाले भने : प्रचण्डले हामीलाई धोका दिए

कांग्रेस प्रतिपक्षमा बस्ने, देउवाले भने : प्रचण्डले हामीलाई धोका दिए

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १२:५०, काठमाडौँ

सरकारमा फेरबदलसँगै नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने भएको छ। 

अघिल्लो वर्ष फागुनमा नेकपा माओवादी केन्द्रसँग मिलेर बनेको सरकारको समीकरण फेर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष पुस १० गते बनेको एमालेसँगको गठबन्धनमा फर्किने निर्णय गरिसकेका छन्।

उनको यो निर्णसँगै एमाले, माओवादी, जसपा र रास्वपाबाट सोमबार नै कम्तीमा चारजना मन्त्रीले शपथ लिन लागेका छन्। 

सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले अब कांग्रेस प्रतिपक्षीको बेन्चमा बस्ने  निष्कर्ष निकालेको जानकारी प्रमुख सचेतक रमेश लेखकले दिए। स

बूढानीलकण्ठको पार्टी दाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने निर्णय भएको जानकारी पत्रकारहरूलाई दिएका छन्। 

बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका छन्। लेखकका अनुसार देउवाले त्यही बैठकमा आफूहरू प्रतिपक्षमा जाने बताएका हुन्। 

‘बैठकमा सभापतिजीले प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोडेको सुनाउनु भयो', उनले पत्रकारहरूलाई भने, 'यही बैठकको निर्णयअनुसार अब हामी प्रतिपक्षमा बस्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .