राजनीति


जगन्नाथ खतिवडाको प्रश्न– देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुख्य नीति के हो?

जगन्नाथ खतिवडाको प्रश्न– देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुख्य नीति के हो?

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १४:२८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का नेता जगन्नाथ खतिवडाले देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति बनाउन आवश्यक रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उनले देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्नसमेत गरे। 

देशको सिद्धान्त समाजवादभित्र आरोपित हुनुपर्ने तर समाजवादी सञ्चारजगत कस्तो हुन्छ? त्यसको संरक्षणको नीति कस्तो हुन्छ भन्नेकुरा हुनु नपर्ने हो? भन्ने उनको प्रश्न थियो। 

सरकारले जसले सक्यो उसले गरिखाने सञ्चारको विकास गर्न खोजेको हो वा गाउँ घरमा हुर्किरहेका सञ्चारमाध्यमलाई जोगाउने अन्तर्गत बनाउन लागेको नीति हो भन्दै ्िरश्न गरे। 

हाम्रो देशको सञ्चार क्षेत्रलाई विकास गर्ने हाम्रो मुल नीति के हो? स्वतन्त्र पत्रकारिता त सबैले भन्ने विषय हो। तर मेरो देशको सिद्धान्त समाजवादभित्र आरोपित हुनुपर्नेछ,’ उनले प्रश्न गरे, ‘तर समाजवादी सञ्चारजगत कस्तो हुन्छ? त्यसको संरक्षणको नीति कस्तो हुन्छ। यो जसले सक्यो उसले गरिखाने सञ्चार क्षेत्र हो वा तल रहेका गाउँ घरमा हुर्किरहेका सञ्चारमाध्यमलाई जोगाउने अन्तर्गत आउने नीति हो ? गाउँगाउँमा रोइरहेका सपना टिपेर विपनामा परिणत गर्ने सरकारले के कार्यनीति ल्याउँछ।’

नेता खतिवडाले सञ्चारकर्मीहरुको न्युनतम पारिश्रमीक, न्युनतम जीवनयापनको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .