राजनीति


६ जना सचिवको सरुवा, को कहाँ?

६ जना सचिवको सरुवा, को कहाँ?

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १६:२२, काठमाडौँ

सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार (वैशाख २०) गते बसेको बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी गराइन्। 

उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेश प्रसाद पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। 

त्यस्तै, डा. गोविन्द प्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ। उनी कृषि तथा पशुपन्छि मन्त्रालयमा कार्यरत थिए। 

वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ। 

पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ।

त्यस्तै, लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको उनले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .