ad ad

राजनीति


प्रधानमन्त्री अलि र्‍याडिकल हुनुभयो : रामहरि खतिवडा

प्रधानमन्त्री अलि र्‍याडिकल हुनुभयो : रामहरि खतिवडा

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १३:१३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एउटा ठोस निचोड निकालेर संसद् चलाउने बाटोमा जान आफूहरूले प्रस्ताव गरेको बताएका छन्। 

लामो समयसम्म संसद अवरुद्ध गर्नु उपयुक्त नहुने भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षका नेता र आफूहरूसँग फरकफरक कुरा गर्ने गरेको पनि बताए। 

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘हिजो प्रधानमन्त्रीसमक्ष हाम्रा साथीहरूले कुरा गर्नुभएको छ। आज बिहान पनि भेट्दा सकारात्मक हुनुहुन्छ। प्रधानमन्त्रीज्यू हामीसँग व्यक्तिगत रुपमा भेट्दा सकारात्मक देखिनुहुन्छ, फेरि सत्ता गठबन्धनसँग कुरा गर्न थालेपछि र्‍याडिकल हुनुहुन्छ। यही बाटोमा निचोड निकालेर संसद् चलाउने बाटोमा जाऔँ भन्नुभएको छ।’

साथै, उनले गिरीबन्धु टी स्टेटको विषय पनि आफूहरूले उठाएको बताए। 

‘हामीले आफ्ना कुरा राखेका छौँ, सरकार संसदीय छानबिन समिति बनाउन अघि बढ्यो भने सबै कुरा मिल्छ,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .