समाज


सुरु भयो पत्रकार महासंघको महाधिवेशन, प्रधानमन्त्रीले गरे उद्‌घाटन

सुरु भयो पत्रकार महासंघको महाधिवेशन, प्रधानमन्त्रीले गरे उद्‌घाटन

सरोज बैजु
बैशाख २१, २०८१ शुक्रबार ११:१५, काठमाडौँ

नेपाल महासङ्घको २७औँ अधिवेशन काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका हुन्।

अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्य सहभागी छन्।

यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको थियो।

महासङ्घको २७औँ अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो।

प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरूको सहभागिता थियो।

त्यस्तै, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाललगायत सङ्घ सङ्गठनका पदाधिकारी तथा सदस्यको सहभागिता थियो।

महासंघको महाधिवेशन शुक्रबार र शनिबार हुनेछ।  महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ। आमसञ्चार क्षेत्रको समसामयिक समस्या, चुनौती र सम्भावनालाई समेत महाधिवेशनमा छलफलको विषय बनाउने र निष्कर्षमा पुग्ने महासंघले जनाएको छ।

बिहीबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले जेठ १९ गते केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको निर्वाचन गर्ने मिति तोकेको छ। महासंघले २६औँ महाधिवेशनदेखि नै प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दै आएको छ। महासंघको नेतृत्व चयनका लागि देशभरिबाट सबै साधारण सदस्यले मतदान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .