समाज


सिराहामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, ३ जना घाइते

सिराहामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, ३ जना घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १३:५६, काठमाडौँ

सिराहाको कल्याणपुर नगरपालिका–९, डुमरीमा मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार व्यक्तिको मृत्यु भएको छ। 

प्रहरीका अनुसार कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २–०१–००४ प ०८३५ नम्बरको मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा साइकलयात्री कल्याणपुर नगरपालिका–९ कै ५७ वर्षीय बद्री यादवको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा आरके मेडिसिटी मुस्हर्निया धनगढीमा मृत्यु भएको हो।

साथै ठक्करबाट घाइते अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा र

मोटरसाइकलमा सवार १ जनाको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ।

प्रहरीले मोटरसाइकल चालकलाई उपचारपश्चात् नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .