समाज


वनमा डढेलो लगाउने व्यक्तिबारे सूचना दिनेलाई हेलम्बु गाउँपालिकाले ५० हजार पुरस्कार दिने

वनमा डढेलो लगाउने व्यक्तिबारे सूचना दिनेलाई हेलम्बु गाउँपालिकाले ५० हजार पुरस्कार दिने

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १५:३, काठमाडौँ

पछिल्लो समय देशभरका विभिन्न वनमा डढेलो लागिरहेको छ। जसले दिनदिनै जनधनको क्षति गरिरहेको छ। 

यसैबीच जंगलमा डढेलो लगाउने क्रम बढेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले वनमा आगो लगाउने व्यक्तिबारे प्रमाणसहित जानकारी दिने व्यक्तिलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ। 

सूचना दिने व्यक्तिको नाम पनि गोप्य राखिने गाउँपालिकाले जनाएको छ।

‘...पछिल्ला केही दिनयता देशका अन्य भूभागलगायत हेलम्बु गाउँपालिका क्षेत्रका वनमा समेत डढेलो लगाउने क्रियाकलापहरू बढेको देखिन्छ। त्यस्ता क्रियाकलापहरूबाट वन क्षेत्रलगायत मानव स्वास्थ्य तथा समग्र वातावरणमा नै नकारात्मक प्रभाव पर्ने विषय आम जानकारीको विषय नै हो भने कानुनले बर्जित गरेको विषय समेत हो’, गाउँपालिकाको सूचनामा भनिएको छ, ‘तसर्थ, आम हेलम्बुबासीलगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउनेजस्ता कुनै पनि कार्य नगर्नु हुन आग्रह गर्दै अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाहि गरिने विषय समेत सबैलाई सूचित गरिन्छ। साथै त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिको बारे सप्रमाण जानकारी यस कार्यालयमा दिएमा सूचनादाताको नाम गोप्य राखी निजलाई रु ५००००।– नगद पुरस्कार दिइने व्यहोरासमेत जानकारी गराइन्छ।’

डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका अनुसार पछिल्लो ३ महिनामा २ सय ५० हेक्टर वन डढेलोले नष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .